बुटवल,फागुन १५ ।
रक्षामन्त्री बालकृष्ण खांणले बुटवललाइ मेडिकल हबको रुपमा बिकास गर्नुपर्ने बताएका छन् ।
‘ संसारमा सबैभन्दा बढि चामत्कारिक परिवर्तन स्वास्थ्य क्षेत्र र युद्धमा भएको छ ,अब बुटवललाइ बिकासको नयां संरचनामा लैजानुपर्छ । ’मन्त्री खांणले भने ।
बुटवलको लुम्बिनी अञ्चल अस्पतालको १ सय ७ औं स्थापना दिवसमा आयोजित कार्यक्रम र अस्पतालको फार्मेसीको शुभारम्भ गर्दै खांणले बुटवलको लुम्बिनी अञ्चल अस्पताललाई सरकारी मेडिकल कलेज बनाउनुपर्ने धारणा राखे । बुटवलमा उपचारका लागि आएका बिरामीहरु अन्यत्रै रिफर गर्न नपरोस् ,सबैलाइ निको बनाएर घर फर्किने गरि काम गर्नुपर्नेछ ।’
तोकिएकै मितिमा स्थानीय चुनाव भएरै छाड्छ,अरु बिकल्पै छैन:-
मन्त्री खांणले सरकारको ध्यान स्थानीय तहको निर्बाचनमा केन्द्रित रहेको बताए । उनले तोकिएकै मितिमा चुनाव हुने र जनता मालिक बन्ने बताए । ‘सरकारले सबैलाइ समेटेर निर्बाचनमा जान्छ,असन्तुष्ट,प्रतिपक्षी,मधेशीदल सबैलाइ मिलाएरै अघि बढ्ने हाम्रो प्रयत्न रहन्छ’ उनले भने । अहिले सहमतिमा नआउनेहरु अन्त्यमा सहमतिमा आउने उनको बिश्वास छ । उनले चुनाव बाहेक अरु कुनै बिकल्प नभएको प्रष्ट पारे । उनले डाक्टहरु भगवान सरह भएको भन्दै प्रसंसा गरे । मन्त्री खांणले डाक्टरहरुको जीवन नै सेवाभावको हुने चर्चा गरे ।
‘निरन्तर सेवामा जुटेका डाक्टरसाबहरुलाइ मेरो कुनै गुनासो छैन,हामीले सहयोग गर्ने हो तपाइहरु दत्तचित्त भएर काम गर्नुस ।’
कार्यक्रममा अस्पताल बिकास समितिका नवनियुक्त अध्यक्ष रमेश खनाललाइ पदस्थापन समेत गराइएको छ । भने निवर्तमान समितिलाइ बिदाइ गरिएको थियो ।
सो अबसरमा सांसद तथा कांग्रेस रुपन्देही सभापति अब्दुल रञ्जाक,अस्पतालका निमित्त मेसु राजेन्द्र संजेल क्षेत्री,निर्बतमान अध्यक्ष प्रायश्चित श्रेष्ठ,पुर्व अध्यक्ष जनक कोइराला लगायतले बोल्दै अस्पतालको बिकासमा सबै जुट्नुपर्ने बताए । सरकारले दिएको १५ लाखले अस्पतालले आफ्नै फार्मेसी संचालनमा ल्याएको हो । बिस १९६७ सालमा ६ बेडबाट शुरु भएको अस्पताल अहिले ४ सय बेडमा संचालित छ ।