बुटवल, जेष्ठ १७-
विषालु च्याउ खाएर पाल्पाको रामपुरका एक बिरामीको मृत्यु भएको छ । उपचारका क्रममा लुम्बिनी मेडिकल कलेजमा ४५ वर्षिय ओमबहादुर मल्लको आज बिहान मृत्यु भएको हो ।अझै १० बिरामी छन् । यसअघि ५२ वर्षिय टेकबहादुर मल्लको उपचारको क्रममा मृत्यु भएको थियो । अन्य बिरामीको लुम्विनी मेडिकल कलेज प्रवासमा उपचार भइरहेको छ । मेडिकल कलेजकी नर्सिङ् इन्चार्ज मेट्रोन सरस्वती देवकोटाका अनुसार दुई जनाको अवस्था अझै गम्भिर रहेको छ । अस्पतालका अनुसार अन्यको अवस्था सामान्य छ । जंगलबाट खोजेर ल्याएको विषालु च्याउ खा“दा गाउ“का सात परिवारका सबै बिरामी परेका थिए ।