जेष्ठ १९, बुटवल ।
नेपाली लोक गित संगितमा नव प्रतिभाहरुको आगमन हुने क्रम जारि छ त्यहि प्रतिभाहरु मध्येको भिडमा एउटा अर्को अब्बल नाम हो मालती खरेल ।।
कपिलवस्तुको नन्दनगरमा जन्मिएकी खरेल यतिवेला एकपछि अर्को गर्दै नेपाली लोक सांगितीक क्षेत्रमा छाउदै छिन ।
सानैदेखि नेपाली गितसंगित भनेपछि हुरुक्कै हुने उनी हाडि गाउको जात्रा गित गाएपछि दुई बर्षअघि नेपाली लोक गितसंगितमा औपचारिक रुपमा प्रवेश गरिन ।
नेपाली लोक गित संगितमै आफनो भविष्य खोज्दै काठमाडौ छिरेकी खरेल छोटो समयमै श्रोता दर्शकको मायां पाउन सफल भएकी छन ।
कहिले पुर्वैमा घाम लगाउदै , कहिले मटुमा आगो दन्काउदै त कहिले , हांसि हांसि जिउला , कहिले रानी हजुर गित ल्याउदै एक पछि अर्को गितमा लोकप्रियता कमाउदै अगाडी बढिरहेकी छिन ।
परिवारबाट साथ र सहयोग अनि श्रोता दर्शकको मायांले यहांसम्म आउन सफल भएकोमा आफुलाई भाग्यमानि रहेको बताउछिन ।
उनको लोक प्रिय गित हासि हांसि जिउला गितबाट मोडल प्रेम थापा मोडल तर्फबाट टप फाईभमा पर्न सफल भएका छन ।
सो गितमा बद्री पंगेनी र मालति खरेलको स्वर रहेको छ भने एक नारायण भण्डारीका लय शब्द रहेको छ । प्रकाश भटटले निर्देशन गरेको भिडीयोमा प्रेम थापा र करिश्मा ढकालको अभिनय रहेको छ ।
यस्तै उनको अर्को गित रानी हजुर गित पनि निकै नै लोकप्रिय बनिरहेको छ ।
जुन गितमा अहिलेका चर्चित गायक सुमन परियारको लय अनि रमेश विजीको शब्द अनि मालति खरेल र सुमन परियारको स्वर रहेको छ ।
तिजको गितको तयारीमा रहेको बताउने मालतीको सांगितीक यात्रा अझै सफल बनोस हाम्रो तर्फबाट शुभकामना ।।