शारदा मरासिनी (सरु)
जेष्ठ २३ /बुटवल
गायक रमेश राज भट्टराई चिनाईरहनुपर्ने नाम होईन , नेपाली गितसंगितमा चिरपरिचीत नाम हो ।
उनका धेरै नेपाली गितसंगित श्रोतादर्शकको मनमुटुमा राज गर्न सफल भएका छन ।
लोकप्रिय सर्जक, गायक रमेशराज भट्टराईको पछिल्लो समयको प्रतिक्षारत रुपमा रहको गित बहुलाको भिडियो सार्वजनिक भएको छ ।
रमेशराज भट्टराईको उत्कृष्ट शब्द संगित अनि स्वर रहेको गितको अडियो केहि समय अघि सार्वजनिक भएपनि भिडियो भर्खरमात्र बजारमा सार्वजनिक गरिएको हो ।
चर्चित मोडल एवम नायक पुष्पल खडका , अनु चौलागाई र शंकरले अभिनय गरेका छन ।
आफुले मायां गरेको मायालुलाई नपाएपछि बहुलाएको प्रसंग भिडीयोमा देख्न सकिन्छ ।
नितिन चन्दले सम्पादन अनि निर्देशन गरेको भिडीयोले छोटो समयमा दर्शकको मन जित्न सफल भएको छ ।
यसैगरि चर्चित गायक भट्टराईको सांगितीक उचाई उच्च रहोस रेडियो रिपब्लिकको तर्फबाट शुभकामना ।