शारदा मरासिनी (सरु)
बुटवल ,जेष्ठ २४
पछिल्लो समयकी चर्चित गायिका संझना भण्डारीको नयां लोकदोहोरी गित सार्वजनिक भएको छ ।
सुन्दैमा मिठो शब्द सिकारीले डाली भाचेको होईन बारे ढाटेको फुलबारीमा चरी नाचेको यो गित सार्वजनिक भएको छोटो समयमा श्रोतादर्शकले मन पराएका छन ।
लम्जुंगको सिम्पानी वडा नम्बर तिनमा जन्मिएकी संझना सानैदेखि पढनभन्दा पनि गित गाउनमै धेरै रमाउने गर्थिन ।
लम्जुंगमा मेलापात गर्दै गित गाउदै गर्दा कहिले टिभीमा देखिन पाउला कहिले गित निकाउन पाउला भन्ने उनलाई निकै रहर थियो ।
सांगितीक सपना बोकेर घरबाट भागेर काठमाडौ छिरेकी संझना को विभिन्न दुख सहदै दोहोरी सांझमा गित गाउन सुरु गरिन ।
यसैक्रममा गितसंगितलाई धेरै मायां गर्ने नयां कलाकारलाई सहयोग गर्ने लोक दोहोरी प्रतिष्ठानका सल्लाहकार पृथ्वी थकाली संग उनको भेट भयो ।
त्यसपछि पृथ्वी थकालीकै सहयोगमा उनी यहांसम्म आउन सकेकोमा खुशी एवम थकाली प्रति आभार व्यक्त गर्छिन ।
यसैक्रममा उनको सहयोग र प्रकाश सपुत संगको सहकार्यमा तोरी भएछ गित गाएसंगै संझनाको औपचारिक रुपमै सांगितीक दैलो खुल्यो ।
त्यसपछि दर्शक श्रोताको मायांसंगै धेरै गितहरु पस्किदै गईन ।
त्यसमध्ये पशुपति शर्मासंग तिज गित मेरो मायां बसेको ठाउमा बत्ती बाल्न पर्दैन त्यो गाउमा गित गाएपछि अझ उनको सांगितीक उचाई अलि माथि पुग्यो ।
त्यसपछिको अहिले पछिल्लो समयको लोकदोहारी एल्वम माली गाईले बाछि चाटेको बजारमा लिएर आएकी छन ।
जुन गितमा कुशल बेल्वासे र संझना भण्डारीको स्वर रहेको छ भने कुशल बेल्वासेको लय शब्दमा तयार गरिएको छ ।
गितको म्युजिक भिडीयोलाई प्रकाश भट्टले निर्देशन गरेका छन भने गितमा प्रकाश सपुत र अन्जली अधिकारी नाचेका छन ।
यसैगरि गायिका भण्डारीको सांगितीक यात्रा अगाडी बढदै जाओस रेडियो रिपब्लिकको तर्फबाट शुभकामना ।