बिशाल गिरी
बुटवल, जेष्ठ २६
दोस्रो चरणको निर्वाचनको मिति नजिकिदै जादा विभिन्न पार्टिले आफ्नो प्रचारलाई तिव्रता को साथै चुनाबी पार्टि गठबन्धनले तिव्रता पाउदै गर्दा गुल्मीको रुरु गाउँपालिकामा पनि काङ्ग्रेस माओबादीले चुनाबि पार्टी गठबन्धन गरि प्रचार प्रसार लाई तिव्रता दिएका छन् । गुल्मीको सबै भन्दा सानो गाँउपालिका समेत रहेको रुरु गाउँपालिका प्रमुखमा काङ्ग्रेस माओबादी गठबन्धनको तर्फबाट माओबादी केन्द्रका यदु ज्ञवालीले उम्मेदवारी दिएका छन भने उप प्रमुखमा काङ्ग्रेसका देवेन्द्र मल्लले उम्मेदवारी दिएका छन । ६ वटा वडा रहेको यस गाउँपालिका मध्ये ४ वडामा काङ्ग्रेस र २ वडामा माओबादी केन्द्रले उम्मेदवारी लिने सहमति भएको र सोही अनुरुप उम्मेदवारको अन्तीम नामावली पनी सार्वजनिक भै सकेको छ ।
काङ्ग्रेसको भागमा परेको वडा हरु मध्ये रिमुवामा वेद बहादुर दर्लामी,ग्वादीमा मंगलबहादुर रेगामी, थानापतिमा भास्करराज ज्ञवाली र रुरुमा रामचन्द्र भट्टराई वडा अधक्ष्यका रुपमा चुनाबि मैदानमा होमिएका छन । त्यस्तै माओबादी केन्द्र को भागमा परेको २ वडा मध्ये बम्घामा हरि प्रसाद ज्ञवाली र बलेटक्सारमा नारायण पौड्याल चुनाबी मैदानमा होमिएका छन । यो गाउँपालिका एमालेका पूर्व सांसद तथा एमालेका पार्टी सचिब प्रदिप ज्ञवालीको क्षेत्र भएको र अहिले काङ्ग्रेस माओवादी केन्द्र बिच तालमेल भएको हुदा पनि यो गाउँपालिकालाई निकै महत्वका साथ हेरिएको छ ।