शारदा मरासिनी सरु /
असार १८ , बुटवल
सुमधुर स्वरकी धनी एवम पछिल्लो समयकी एक पछि अर्को गित बजारमा लिएर चर्चा कमाउन सफल लोकदोहोरी गायिका संझना भण्डारीको तिज गित बत्ती बाल्न पदैन २ हरियो बत्ती बजारमा आएको छ ।
पोहोर साल बत्ती बाल्न पर्दैन पशुपति शर्माको लयशब्द अनि संझना भण्डारी र पशुपति शर्माको स्वरमा रहेको गितले राम्रो बजार पाएपछि यो गित बजारमा आएको हो ।
पोहोरसाल नै मनमनै मन पराको अहिले विस्तारै मन पराएरै हरियो बत्ती बालेको कुरालाई समावेश गरिएको छ ।
पृथ्वी ईन्टरटेन्मेन्टकै प्रस्तुतीमा बजारमा आएको यो गितमा पनि पशुपति शर्मा र संझना भण्डारीको स्वर पशुपति शर्माकै लय शब्दमा तयार गरिएको छ ।
हरियो बत्ती गित निकै नै धमाकेदार बनेको र यो गितले पनि यो सालको तिज बजार राम्रो संग तताउने संझनाको रेडियो रिपब्लिक लाई बताएकी छन । गितसार्वजनिक भएको छोटो समयमै धेरैको रोजाईको पोल्टामा पर्न सफल भएको छ ।
गितलाई प्रकाश भट्टले निर्देशन गरेका हुन भने प्रकाश सपुत र अन्जली अधिकारी नाचेका छन ।
यो गितले पनी तिज गितमा राम्रो तहल्का पिटन सफल होस संझना भण्डारीको सांगितीक उचाई बढाउन सफल होस रेडियो रिपब्लिकको तर्फबाट हार्दिक शुभकामना ।।