शारदा मरासिनी (सरु)
असार १९ , बुटवल
नेपाली महिलाहरुको महान पर्व हरितालिका तिज आउन केहि समय बाकी रहदा यतिवेला युटयुव तिजमय भएको छ ।
एकपछि अर्को गर्दे तिज गित आईरहेका छन ।
यसैको भिडमा राम्रा तिज गितहरु मध्येको उत्कृष्ट सुचिमा पर्ने मालती खरेलको नदी है सलीसली संभावना बोकेको गित हो ।
यो गित रिलीज भाको छोटो समयमै धेरैको रोजाईको पोल्टामा परिसकेको छ ।
गितको शब्द लयमा अत्यन्तै मिठास भरिएको छ ।।
गायक ः सुन्तलाका डालीमुनी नदि है सली सली बगिआउने
नाच्न हतार भएरै होकी नौजाले म भन्दा अघि आउने ।।
गायिका ःअमिलीको डाली मुनी नदि है सलीसली बगीआउने
बिच बाटो मै छोडेर गए नौ जाले म भन्दा अघि आउने ।।
नेपाली लोक गितसंगितमा स्वरको जादु छरी आफ्नो स्वरले लठठै पार्न सक्ने खुबी भएका चर्चित गाएक खुमन अधिकारीको लयशब्दमा तयार गरिएको तिजगितमा मालती खरेल र खुमन अधिकारीको स्वरले भरिएको छ ।
पछिल्लो समय एक पछि अर्को मिठा मिठा सांगितीक प्रस्तुतीहरु मालती खरेलले पस्किरहेकी छन ।
जति पस्किन्छीन उनका राम्रा गित आउछन भन्ने एक किसीमको छाप बनाउन थालेकी छन ।
तिर्सना म्युजिक प्रालिले बजारमा लिएर आएको नदि है सलीसली बगि आउने तिज गित पनि निकै नै आकर्षक बनेको छ ।
शंकर बिसीले निर्देशन गरेको गितको भिडीयोमा चर्चित मोडल शंकर बिसि र कश्मिा ढकाल नाचेको भिडीयो निकै नै आकर्षक बनेको छ ।यतिबेला यो गितले निकै चर्चा बटुलिरहेको छ ।
यसरी नै मालती खरेलको सांगितीक यात्रा अगाडी बढदै जाओस रेडियो रिपब्लिकको तर्फबाट शुभकामना ।।