शारदा मरासिनी (सरु)
असार १९ , बुटवल
तिज आउन केहि समय बाकी नै रहेपनि यतिवेला सांगितीक बजार तिजमय बनिसकेको छ । एक पछि अर्को गर्दै तिज गित बजारमा आउनेक्रममा यो वर्षकै राम्रो गितको सुचीमा पर्ने संभावना बोकेको संचारकर्मि एवम गायक दिपु मगर र रेनु राना मगरको तिज गित छुकछुके रेल सार्वजनिक भएको छ ।
दिपु मगरको शब्द , खेम सेन्चुरीको लयमा तयार गरिएको गितमा दिपु मगर र रेनुमगरको रहेको छ ।
मिठा शब्द लय र स्वरको संयोजनमा गित तयार गरिएको छ ।
छुकछुके रेल मायां छुकछुके रेल ,
नाच्न र गाउनमा गर्दिन्छु फेल ।।
बब्बु थापाको निर्देशनमा तयार गरीएको भिडीयो पनि निकै उत्कृष्ट बनेको छ भिडीयोमा रामजी खांड र पार्वती राई नाचेका छन ।
आशिष म्युजिक प्रालिले बजारमा लिएर आएको गितले श्रोता दर्शकलाई यो तिजमा छमछमि नचाउने दिपुको अपेक्षा छ ।
छुकछुके रेल सफल रहोस रेडियो रिपब्लिकको तर्फबाट शुभकामना ।।