मरासिनी (सरु)
असार १९ , बुटवल
नेपाली सांगितीक बजारमा तिज आउन केहि समय बांकी रहदा तिज गित निकाल्नेको होडबाजी चलेको छ ।
एक पछि अर्को गर्दै तिज गित बजारमा आउनेक्रममा यमुना अर्यालको यो सालकै आसा लाग्दो छमछमी नाच्न मिल्ने तिज गित राई राई बजारमा आएको छ ।
दृष्टि ईन्टरटेन्मेन्टको प्रस्तुतीमा बजारमा आएको सो तिज गितमा
शिव पी सुवेदी र प्रदीप कंडेलको लय शब्द अनि यमुना अर्याल र सुनील क्षेत्रीको स्वर रहेको छ ।
गितमा बुटवल , पाल्पा , पोखरा लगायतका ठाउको नाम समावेश गरिएको छ ।
अहिलेका व्यस्त निर्देशक मदन खडकाद्धारा निर्देशित भिडीयोमा मदन खडका र रिचा थापा नाचेका छन ।
गितले यो तिजमा तहल्का पिटने अपेक्षा रहेको यमुनाले रेडियो रिपब्लिकलाई बताईन ।
गित उनले सोचे जस्तै हिट होस र उनको सांगितीक खुडकिलोमाथि पु¥याउन सफल होस रेडियो रिपब्लिक ८८.२ मेगाहर्जको तर्फबाट शुभकामना ।।