शारदा मरासिनी (सरु)
असार २१, बुटवल
स्टेजका हिरोको उपाधि पाएका प्लेव्याक गायक चिरन्जीवी भण्डारी र प्रिय श्रृजनाका धनी गितकार शंकरदेव कंडेलको नयां आधुनिक गिती एल्वम पृथक सार्वजनिक भएको छ ।
छोडनु थियो मलाई छोडेर गयौ .तोडनु थियो
बाचा तोडेर गयौ, सपना मेरो ..खुशी मेरो ..लुटेर गयौ ।।
शंकरदेव कंडेलको शब्द श्रृजना चिरन्जीवी भण्डारीको संगित अनि स्वरले भरिएको गित सांच्चिनै राम्रो बनेको छ ।
आफनो मनको मान्छेलाई आफना खुशीहरु चोखो मायां दिदा दिदै विश्वास गर्दा गर्दै पनि त्यो विश्वासमाथि घात गरि आफुलाई छाडेर गएको प्रसंग समेटिएको छ ।
गित संगै भिडीयो पनि उत्कृष्ट बनेको छ ।
भुवन स्यांबो तामा¨द्धारा निर्देशित म्युजिक भिडीयोमा नारायण ,विनीता सुजनको दमदार अभिनय रहेको छ ।
गितले राम्रो बजार पाउनेमा पृथक टिम आसावादी छ ।
पृथकले गायक भण्डारी र गितकार कंडेल सांगितीक यात्रा अझ अगाडी बढाओस रेडियो रिपब्लिकको तर्फबाट शुभकामना ।।