शारदा मरासिनी (सरु)
बुटवल ,२७ असार ,
तिज नजिकिदै गर्दा नेपाली सांगितीक बजारमा तिजका गितहरु एक पछि अर्को गर्दै सार्वजनिक भईरहेका छन ।
यसै भिडमा राम्रो सम्भावना बोकेको गित चर्चित गायिका सिता रानाको रेलको टिकट काट मायाले बोलको तिज गित सार्वजनिक भएको छ ।
नेपाली लोक गित संगितमा स्वर जादु छर्न सफल स्वरले सवैलाई लठठ पार्ने खुबी भएका स्वरका धनी चर्चित गायक खुमन अधिकारी र सुमधुर स्वरकी धनी चर्चित गायिका सिता रानाको स्वरमा गित बजारमा आएको हो ।
गितलाई खुमन अधिकारी आफैले लेखेका हुन भने आफै लय श्रृजना गरेका छन ।
गितमा गायकले आफनो मायांलाई घुमाउनको लागी रेलमा जादा २,३ लाग्ने हुदा हवाईजहाजमा जाने कुरालाई जोड दिएका छन ।
भने गायिकाको जवाफ भने जहाजमा जान डर लाग्ने रेलको टिकट काटन आग्रह गरिएको छ ।
गित जस्तै भिडीयो पनि निकै नै राम्रो बनेको छ ।
पछिल्लो समय व्यस्त निर्देशक स्मृति तिमील्सेना ( गुरुआमा)को निर्देशन रहेको गितमा दिपासा विसी र सुमन भारती नाचेका छन ।
हेरौं गितको भिडीयो ….