शारदा मरासिनी (सरु)
बुटवल , साउन ५
नेपाली महिलाहरुको महानपर्व हरितालिका तिज नजिकिएको छ ।
तिज नजिकिएसंगै तिजका भाकाहरु ध्माधम सार्वजनीक भईरहेका छन यहि भिडमा गायक अनिष खडकाले यो वर्षको तिज गित सार्वजनिक गरेका छन ।
गुल्मीमा जन्मिएर बुटवललाई कर्मथलो बनाएका खडकाले यो वर्षको तिज गित मादलुको ताल सार्वजनिक गरेका हुन ।
छोटो समयमै नेपाली लोकगित संगीतमा फडको मार्दै गरेका अनिष खडकाको लय , उमेश खडका र बासुदेव पोखरेलको शब्द श्रृजना अनि अनिष खडका र विष्णु पौडेलको गितमा स्वर रहेको छ ।
अहिलेको तिजैमा तिमी तिजका भाका गाउ म नाच्छु मादलुको तालैमा गित निकै नै मिठो बनेको छ गित संगै भिडीयो पनि उत्कृष्ट बनाउने प्रयास गरिएको छ ।
सुवास बलाल मगरद्धारा निर्देशित भिडीयोमा राहुल कविता सन्तोष र गिता नाचेका छन भने गितलाई सम्पादन पनि अनिष खडकाले नै गरेका छन ।
मालती डिजीटलले बजार प्रवद्र्धन गरेको गितले यो तिजमा धेरै दर्शक श्रोताको मन जित्नेमा अनिषको दाबी छ ।
पछिल्लो समय गायन संगै निर्देशन , सम्पादन क्षेत्रमा आफुलाई स्थापित गराउने प्रयासमा दौडिरहेका खडकाको सांगितीक यात्रा उज्वल बन्दै जाओस रेडियो रिपब्लिकको तर्फबाट शुभकामना ।।