शारदा मरासिनी (सरु)
बुटवल ,५ साउन
संचारजगतमा चिरपरिचीत नाम हो विन्दु थापा निहारिका ।
उनको यो परिचयले मात्र अब काम नचल्ने भो उनको अर्को परिचय थपिएको छ गायिका ।
लामो समयदेखि संचारक्षेत्रमा कार्यरत निहारिकाले यस वर्षको तिज गित सार्वजनिक गरेकी छन ।
विष्णु खत्रीको शब्द , लोक प्रिय सर्जक बैकुण्ठ महतको लय अनि विन्दु थापा निहारिका र बैकुण्ठ महतको स्वर गितमा रहेको छ ।
गितसंगै भिडीयो पनि निकै उत्कृष्ट बनेको छ । लोकप्रिय निर्देशक शंकरबिसीद्धारा निर्देशीत भिडीयोमा चर्चित मोडल शंकर , विसी अन्जली अधिकारी नाचेका छन ।
बरदान डिजीटलले बजारमा लिएर आएको गितले यो तिजमा श्रोता दर्शकको मन जित्नेमा विन्दु ढुक्क छिन ।
यो गितसंगै विन्दुको सांगितीक यात्रा अगाडी बढदै जाओस रेडियो रिपब्लिकको तर्फबाट शुभकामना ।।