बुटवल महिला जेसिजको साप्ताहिक कार्यक्रम अन्र्तगत आज उत्प्रेरणा तालिम सहित समापन कार्यक्रम सम्पन्न गरेको छ । उत्प्रेरणा तालिमको सहजीकरण अधिवक्ता विमलराज भट्टराई र अधिवक्ता रामबाबु भण्डारीले गरेका थिय । सो कार्यक्रममा महिला अधिकार सम्बन्धी कानुनी कुराहरु समेत सिकाइएको थियो ।
गत शनिवार उद्घाटन तथा पुर्व अध्यक्षहरुको सम्मान संगै शुरु भएको सप्ताह व्यापी कार्यक्रम अन्र्तरगत गत आइतबार बुटवल पाखापानीमा रहेको वृद्धाश्रममा फलफूल बितरण गरिएको थियो ।सोमबार लक्ष्मी माविमा अभिभावकत्व तालिम ,बिहीबार जेसिज अभियान सम्बन्धी अन्र्तक्रिया कार्यक्रम र शनिबार अन्तरमावि वक्तृतवकला प्रतियोगिता कार्यक्रम सम्पन्न गरेको संस्थाका अध्यक्ष रुपा पान्डेले जानकारी दिइन । कार्यक्रममा संस्थाका अध्यक्ष रुपा पाण्डे संयोजक नितु गुरुङ , संस्थापक अध्यक्ष रेखा कट्टेलल ,धनमाया खनाल ,बेन्जु छेत्री र निर्मला श्रेष्ठ लगाएतले बोलेका थिए । पुर्व अध्यक्ष कल्पना जोशी, उर्मिला श्रेष्ठ , बुल्बुल श्रेष्ठ, मन्जु पराजुली,निवर्तमान अध्यक्ष मन्जु भुसालको उपस्थिति रहेकोे कार्यक्रमको सन्चालन महासचिव जानकी नेपालले गरेकी थिइन।