कपिलवस्तु २५ भाद्र
पुर्व पश्चिम राजमार्ग अन्तरगत बाणगंगा नगरपालिका वडा नं १ बैरियामा मिनीबसले ठक्कर दिदा किजी चौधरीको उपचारका क्रममा आजै बुटवल लुम्बिनी अञ्चल अस्पतालमा मृत्यु भएको छ । कृष्णनगर बाट बुटवल आउदैँ गरेको मिनीबसले बाटो काट्ने क्रममा पैदल यात्री जिल्ला दाङ गोवडीया गाँउपालिका ६ घर भई हाल बाणगंगा १ बैरिया निवासी स्कुल बनाउने लेबरकाम गर्दै आउनु भएकी अन्दाजी बर्ष ५५ की चौधरीको मृत्यु भएको हो । उँहाको टाउकोमा गम्भिर चोट लागेपछि उपचारका लागि बुटवल ल्याईएको थियो । अहिले गाडि र चालक प्रहरीको नियन्त्रणमा रहेको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।