भाद्र २५ बुटवल,
पश्चिम बाट बुट्वल तर्फ तिब्र गतिमा आउदै गरेको लु २च ८७ नम्बर को छोटा हात्ती मालबाहक भ्यान ले बुट्वल बाट पश्चिम तर्फ जादै गरेको लु ८ छ ९५५९ नम्बर को पल्सर स्कुटी लाई बेलुका को करिब ८:२० बजे बेलबास को झोलुङे चोक मा ठक्कर दिदा बुटवल १२ का २७ बर्षिय स्कुटर चालक युबराज बन्जाडे गम्भिर घाइते भएका छन ।
घाइतेको बुट्वल को लुम्बिनी अन्चल अस्पाताल मा उपचार हुन नसक्दा थप उपचार को लागी भैरहवा मेडिकल कलेज रिफर गरिएको छ । साथै घाइतेको अवस्था चिन्ताजनक रहेको छ ,भने उक्त मालबाहक भ्यान र स्कुटर लाई प्रहरी ले नियन्त्रण मा लिएको छ ।