भैरहवा २५ भदौ ।
सिद्धार्थ उद्योग वाणिज्य संघका महासंघका महासचिब कुल प्रसाद न्यौपाने माथि गोली प्रहार गरेको अभियोगमा रुपन्देही प्रहरीले एक भारतिय नागरिकलाई पक्राउ गरी आईतबार सार्बजनिक गरेको छ । न्यौपाने माथी २०७३ मंसिर २१ गते उनको पसलमा साँझ ६ ३० बजे गोली प्रहार भए पनि उनलाई लागेको थिएन ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरीक्षक श्याम ज्ञवालीले न्यौपाने माथि गोली प्रहार गर्नै भारत मोतिहारी जिल्ला रक्सौल ठेगाना भएका ५० बर्षिय अरबिन्द यादब भन्ने बब्लु तियारीलाई पक्राउ गरिएको जानकारी दिए । पक्राउ परेका तिवारी रुपन्देहीमा बसी बर्षौ देखी बिभिन्न नाममा उद्योगी ब्यापारी लाई धम्काई चन्दा असुल्दै आएका थिए ।
प्रहरी उपरिक्षक ज्ञवालीका अनुसार निज तिवारी भारतको सुनौलीमा बसी देखावटी रुपमा गिटी बालुवाको काम गरी उद्योगी ब्यवसायीहरुको विवरण संकलन गरी बिभिन्न माध्यमबाट धम्काई रकम असुल गर्दै आएका थिए ।
निज तिवारीले गत बर्ष पुस ९ गते प्रताप सिह मधेशियाको नाममा मधेशी जनमुक्ती सेनाको सँयोजक भएको बताउदै भैरहवाका सँचारकर्मीलाई दुर्गा तिवारीको हत्या ट्रेलर मात्र भएको भन्दै अब पुरा पिmल्म देखाउने भन्दै एसएमएस बाट धम्की समेत दिएका थिए । तिवारी २०६६ असार २ गते लागु औषध सहित पक्राउ परि जेल सजाय समेत भोगी सकेको प्रहरी प्रमुख ज्ञवालीले बताए ।