बुटवल,श्रावण २२ बुधबार । प्रदेश नं ५का प्रदेशसभा सदस्यहरुले बर्षा सकिन लाग्दा समेत किशाानले मलखादको चरम अभाव भोग्नु परेको भन्दै तत्काल मलखादको व्यवस्था गर्न माग गरेका छन् ।
मंगलबार बसेको प्रदेशसभाको बोठकको बिशेष समयमा बोल्ने अधिकांस प्रदेशसभा सदस्यहरुले मलखादको अभावको बिषयमा सरकारको ध्यानाकर्षण गराएका हुन् ।
प्रदेशसभाको बैठकमा पटक÷पटक मलखादको अभावबारे आवाज उठाउदै आएपनि सरकारले सुनुवाई नगरेको भनदै प्रदेशसभा सदस्यहरुले किशानहरुलाई तत्काल मलखादको व्यवस्थापन गर्न माग गरे ।
कृषि प्रधान मुलुकमा मलखाद र बिउ बिजनको अभावहुन दुखद भएको भन्दै उनिहरुले समस्या समाधानकालागि संघीय सरकारसँग पहल गर्नुपर्नेमा जोड दिए ।
प्रदेशसभाको आजको बैठकमा प्रदेशसभा सदस्यहरु दिनेश पन्थी,इन्द्रप्रसाद खरेल,कुलप्रसाद पोखरेल,सहसराम यादव,रुन्दावती शर्मा,भोजप्रसाद श्रेष्ठ ले बिशेष समयमा प्रदेश सरकारको ध्यानाकर्षण गराएका थिए ।
प्रदेशसभाको आजको बैठकले सडक, सवारी,यातायात पतथा परिवहन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश अभिलेख संरक्षण सम्बनधमा व्यवस्था गर्न बनेको विधेयक पारित भएको छ भने मुख्यमन्त्री शंकर पोखरेलले सुशासनको प्रत्याभुति गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेश गरे ।
आजकै बैठकमा प्रदेशका उद्योग पर्यटन,वन तथा वातावरण मन्त्री लिला गिरीले गत आर्थिक बर्षमा मन्त्रालयले गरेको कार्यप्रगतिबारे सदनलाई जानकारी गराएका थिए ।